pujayadavab@gmail.com

मैले किन उनलाई चर्पी देखाउन सकिनँ?

यो लेखमा एउटा खिल उक्काउँदै छु। त्यो खिल कसैले सोधेको प्रश्नमा आफैंले दिएको जवाफबाट बनेको हो। कसैले सोधेको एउटा सामान्य प्रश्न सायद धेरैबेर साथमा नरहला। मलाई सोधिएको त्यो प्रश्न सामान्य थियो। मैले झट्ट दिएको जवाफ पनि सामान्य नै थियो। तर जवाफ दिइसकेपछि ‘मैले किन त्यसरी जवाफ दिएँ?’ भनेर आफूले आफैंलाई सोधेको प्रश्न भने असामान्य बन्यो।  […]

मैले किन उनलाई चर्पी देखाउन सकिनँ? Read More »

भोएज् लोमान्थाङ- खरायो भन्छ नजा, घोडा भन्छ जा

लोमान्थाङ जाने भनेर सुनाउँदा जोमसोम दुईखाले प्रतिक्रिया दिन्छ। पहिलो ‘बाटो अप्ठ्यारो छ’। दोस्रो, ‘पुगेपछि स्वर्ग छ।’ आफूले भोगेअनुसार प्रतिक्रिया आउँछन्। सानोमा पढेको कथा सम्झिन्छु। भर्खरै खोला तरेर आएको खरायोले ‘खोला डरलाग्दो छ, नजानू’ भन्छ। घोडाले ‘खोला ठूलो छैन, घुँडा पनि भिजाउँदैन’ भन्छ। लोमान्थाङका लागि हामी खरायो र घोडा दुवै हुन सक्छौं। दुवै हुन तयार भएर

भोएज् लोमान्थाङ- खरायो भन्छ नजा, घोडा भन्छ जा Read More »

भोएज् लोमान्थाङ

थानकोट कटेर राजमार्गमा पुगेका मात्र छौं। ‘दुर्घटना सम्भावित क्षेत्र’ लेखिएका बोर्डले स्वागत गर्छन्। पोखरा पुगुन्जेल त्यस्ता बोर्डहरू आइरहन्छन्। ‘यो कस्तो स्वागत हो?’ पछिल्लो समय राजमार्गमा दुर्घटना बढ्दो छ। सँगै बढ्दै छन् यस्ता बोर्डहरू। किन राखियो? ड्राइभरलाई सचेत गराउन कि डर देखाउन? कि डर देखाएर सचेत गराउन? कसरी काम गर्दा हुन् ती बोर्डले? राखेपछि ती ठाउँमा

भोएज् लोमान्थाङ Read More »

नाटक समिक्षाः त्यो संवाद ‘पिकनिक’मा नभएको भए…

नाटक हेरेर फर्किएपछिको सकस। नाटक छोटो समय किन चल्छन् भन्ने प्रश्नको जवाफ धेरै हुन सक्छन्। त्यसको खोजी यो लेखको उद्देश्य हैन। भविष्यमा गर्नेछु। राम्रो बन्ने सम्भावना भएर पनि बन्न नसकेका धेरै विषयहरू हुन्छन्। ‘एलआइसी पिकनिक’ त्यस्तै नाटक लाग्यो मलाई। राम्रो बन्ने सम्भावना किन थियो भन्ने प्रश्नको जवाफ मलाई लागेका सबल पक्षले देलान्। किन बनेन भन्ने

नाटक समिक्षाः त्यो संवाद ‘पिकनिक’मा नभएको भए… Read More »

राजेन्द्रलक्ष्मीलाई किन खोज्दै छ ‘राजेन्द्रलक्ष्मी’?

स्टेजमा ठडिएका ति पिलरहरूको टाउकोमा हाँडी छ र ति हाँडीमा जुँगा छन्। खास्टो ओढाइएको छ। नाटिकाको एक दृश्यमा राजेन्द्रलक्ष्मी एउटा पिलरको खास्टो तान्छिन्, त्यसलाई पछार्दै गर्जिन्छिन् र राज सिंहासनमा बस्छिन्। ति पिलरहरू त्यो विगतका पुरुषहरू हुन्। के ति त्यसरी मौन कहिल्यै थिए? तिनको काँधमा झुन्डिएका खास्टोहरू उनीहरूले ओढेको सामाजिक चेत। के ति पात्रहरू इतिहासमा कतै

राजेन्द्रलक्ष्मीलाई किन खोज्दै छ ‘राजेन्द्रलक्ष्मी’? Read More »

सरल कथा, भव्य नाटक: दयालु रुख

दयालु रुख नाटक मञ्चन हुनुभन्दा पहिला कथा घेरोको कौसी थिएटर उद्घाटन भयो। त्यसपछि बजाउने थाले सलिल सुवेदीले एउटा अनौठो बाजा। उनले लगभग २ मिटर लामो त्यो बाजालाई आकाशतिर फर्काए। अनि सबैको वरपर घुमाए। स्वस्ती शान्ति गरेको जस्तो। अनि अघि लागे। हामी भर्यांङ उक्लिँदा उनी बाटोमा पर्खिरहेका थिए। उनले उद्घाटन कार्यक्रममा आएका सबै पाहुनाहरूलाई उक्त बाजाको

सरल कथा, भव्य नाटक: दयालु रुख Read More »

शासकलाई आफ्नाविरुद्ध बोल्ने हरेक स्वर शत्रुको लाग्यो भने?

नाटक रूपान्तरणका बारेमा बोल्दै स्टेफेन क्लेरी भन्छन् ‘नाटकमा आइपुग्ने हरेक पात्र, दृश्य र शब्दले नाटकमा आफ्नो स्थान पाउन संघर्ष गर्नुपर्छ।’ मण्डला थिएटरमा चलिरहेको नाटक ‘जालिनी’ कथाका कथाकार र नाटककार एकै हुन्। कथा मन पराएर कथाकारलाई नै नाटक लेख्न लगाएका निर्देशक दयाहाङ राई पनि नाटक बनाउने प्रक्रियामै थिए। सँगै ब्रोसरमा नाटककारले ‘ढुङ्गालाई मूर्तिमा ढाल्नुजस्तै हो, नाटकलाई

शासकलाई आफ्नाविरुद्ध बोल्ने हरेक स्वर शत्रुको लाग्यो भने? Read More »

‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा  

पटक-पटक दोहोरिएपछि मान्छे नै मरेको कुनै घटना पनि सामान्य हुँदै जान्छन् । मर्नेहरू केवल संख्यामा सीमित हुन थाल्छन् । युद्धमा मर्ने मानिसहरू संख्यामा मात्र सीमित हुँदै गए जस्तै । कोभिडका कारण मृत्यु हुनेहरू संख्यामा सीमित भए जस्तै । सडक दुर्घटनामा परेर मर्नेहरू संख्यामा सीमित हुँदै गए जस्तै । मर्ने बाहेक बाँच्नेहरू पनि यसबाट अछुतो रहँदैनन्

‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा   Read More »

अनि उसले अदालतमै ५,००० मृत सैनिकको नाम पढ्यो

कालो सिसाभित्र र बाहिरमा धेरै फरक छ ।   सिसाभित्र हुनेलाई सिसा बाहिरको बारेमा थाहा हुन छोड्छ । पहिला दरबारको सिसाभित्र हुनेलाई बाहिरको बारेमा थाहा नभएजस्तै । बिस्तारै दरबारको सिसा त फुट्यो तर त्यसपछि सिसाभित्र पसेकाहरूलाई पनि दरबारको लत लाग्यो । उनीहरू कालो सिसाभित्रबाट सडकका खाल्डा देख्न छोडे । सडकको जाम देख्न छोडे । अनि उनीहरूको

अनि उसले अदालतमै ५,००० मृत सैनिकको नाम पढ्यो Read More »

हिटलरलाई नङ्ग्याउने फोटोग्राफरको कथा भन्ने सिनेमा

यो फिल्मको प्रमुख पात्रले एउटा दृश्यमा बालकसँग झुट बोल्छ।  उ फोटोग्राफर हो। उ आफूले फोटो खिच्न लागेको त्यो बालकको छेउमा जान्छ। उसको कमिजमा S’ लेखिएको निलो स्टिकर सियोले उनिदिँदै भन्छ ‘तिम्रो बुवालाई यहाँभन्दा राम्रो ठाउँमा लगेका छन्। त्यहाँ नर्सहरूले ख्याल गर्छन्। उहाँलाई केही हुँदैन।’  आफूले झुट बोलेको उसलाई थाहा छ। तर पनि उसले बालकलाई क्याम्पमा

हिटलरलाई नङ्ग्याउने फोटोग्राफरको कथा भन्ने सिनेमा Read More »