Suraj

महिलाको अनुभव विश्वव्यापी हुन्छः रंगकर्मी आकांक्षा

सहरमा धेरैथोक भइरहेका छन्। त्यहाँ पनि धेरैथोक भइरहेको छ। म पुग्दा पार्किङ नजिकै भित्तामा ठूलो पेन्टिङ बन्दै थियो। बाँसको भर्‍याङ लगाएर पेन्टिङ गर्न व्यस्त पेन्टरहरू। जङ्गलबाट माथि-माथि उडिरहेका चराहरू छन् पेन्टिङमा। म तीन तला उक्लिन्छु जहाँ रिहर्सल गरिरहेका कलाकार भेटिन्छन्। जान्छु, रिहर्सल हेर्छु, कलाकारसँग केही गफ गर्छु अनि फर्किन्छु। सहरमा नयाँ थिएटर खुल्दै छ। कथा […]

महिलाको अनुभव विश्वव्यापी हुन्छः रंगकर्मी आकांक्षा Read More »

म हास्यचेत गुमाउँदै गरेको विश्वसँग डराउँछु : मिलान कुन्देरा

चेक रिपब्लिकनमा जन्मिएका फ्रेन्च लेखक मिलान कुन्देरा हिजो बिते । उनी आफ्नो लेखनमा हुने राजनैतिक ब्यङ्ग र हास्यचेतका लागि चर्चित थिए । उनका ‘अनवियरेबल लाइटनेस अफ बिइङ’, ‘द जोक’ ‘लाइफ इज एल्सह्वेर’ जस्ता उपन्यास चर्चित थिए । सन् १९७९ मा उनको चेक रिपब्लिकन नागरिकता खोसिएको थियो जसलाई सन् २०१९ मा पुन: प्रदान गरिएको थियो । 

म हास्यचेत गुमाउँदै गरेको विश्वसँग डराउँछु : मिलान कुन्देरा Read More »

दीपक रौनियारसँग सिनेमा, जनकपूर, गाउँ, मधेस र मधेसी चरित्रबारे लामो कुराकानी

किङ्स कलेज मुनी क्याफे कोड्समा बसिरहेको थिएँ । ह्वाट्सएपमा एउटा फोन आयो र कट्यो ।  सेभ भएको नम्बर थियो दीपक रौनियारको ।  दीपक रौनियार अर्थात् ‘हाइवे’ अनि ‘सेतो सूर्य’ बनाउने निर्देशक । उनको ‘हाइवे’ फिल्मले बर्लिन् अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएर ठुलो फेस्टिभलमा छनौट हुने पहिलो नेपाली फिल्म बनेको थियो भने ‘सेतो सूर्य’ले सिंगापुर इन्टरन्यासनल

दीपक रौनियारसँग सिनेमा, जनकपूर, गाउँ, मधेस र मधेसी चरित्रबारे लामो कुराकानी Read More »

Tars Subedi

आमा र अनुहारका धर्सा

आमाको बारेमा संझिन सजिलो तर लेख्न गाह्रो रहेछ। यो लेख उहाँलाई सुनाउनयोग्य बनाउनु मेरा लागि मुख्य चुनौति हो। मलाई सुनाउनयोग्य धेरै कुरा उहाँले लेख्नुभयो। ती सबैलाई पढेर म कति लेख्न सक्ने भएँ त? अक्षर मात्र चिन्ने भएँ कि मलाई अक्षर चिनाउन उहाँले गरेका संघर्षहरु पनि चिन्ने भएँ? यत्रो लामो अध्ययनपछि मैले आमालाई कति पढेँ? यस्ता

आमा र अनुहारका धर्सा Read More »

suraj subedi

छोरो मान्छे भएर रून्छन् ?

एक दिन साँझपख केही मान्छेले एउटा स्ट्रेचर हाम्रो घरअगाडि बिसाए। त्यहाँ एक जना महिला सुतेकी थिइन्। उनलाई बेथा लाग्न थालिसकेको थियो। आमाले भन्नुभयो, ‘डेलिभरी यहीँ गराउनुपर्छ।’ उहाँले हतारिँदै डेलिभरी गराउन आवश्यक पर्ने सबै सामान निकाल्नुभयो र मलाई लाइट बाल्न बोलाउनुभयो। उहाँले गरेका सबै काम मैले हातमा लाइट बोकेर हेरेँ। महिला पीडाले चिच्याउँदा मेरो हात हल्लिन्थ्यो। लाइटको

छोरो मान्छे भएर रून्छन् ? Read More »

बेलडाँगी शिविरमा एउटा ब्याण्ड थियो

सन् १९९२ को एकदिन । भुटानको सर्भङ्ग बजारमा आइतबारे हटिया लागिरहेको थियो । विष्णु रामदमका बाबा सेँधैजस्तो गरी ‘लक्ष्मी रेडियो हाउस’ मा व्यस्त थिए । उनी रेडियो टेलिभिजनहरू मर्मत गर्थे । हटियाको दिन धेरैतिरबाट मान्छे आउने भएकाले पसलमा भिड थियो । कसैले रेडियो बनाउन दिएका, कोही फिर्ता लिने पालो पर्खिरहेका । कसैले भने बजार घुमिसकेर

बेलडाँगी शिविरमा एउटा ब्याण्ड थियो Read More »