Film Reviews

‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा  

पटक-पटक दोहोरिएपछि मान्छे नै मरेको कुनै घटना पनि सामान्य हुँदै जान्छन् । मर्नेहरू केवल संख्यामा सीमित हुन थाल्छन् । युद्धमा मर्ने मानिसहरू संख्यामा मात्र सीमित हुँदै गए जस्तै । कोभिडका कारण मृत्यु हुनेहरू संख्यामा सीमित भए जस्तै । सडक दुर्घटनामा परेर मर्नेहरू संख्यामा सीमित हुँदै गए जस्तै । मर्ने बाहेक बाँच्नेहरू पनि यसबाट अछुतो रहँदैनन् […]

‘मरिसकेको मान्छे’ मा बौरिएका कुरा   Read More »

अनि उसले अदालतमै ५,००० मृत सैनिकको नाम पढ्यो

कालो सिसाभित्र र बाहिरमा धेरै फरक छ ।   सिसाभित्र हुनेलाई सिसा बाहिरको बारेमा थाहा हुन छोड्छ । पहिला दरबारको सिसाभित्र हुनेलाई बाहिरको बारेमा थाहा नभएजस्तै । बिस्तारै दरबारको सिसा त फुट्यो तर त्यसपछि सिसाभित्र पसेकाहरूलाई पनि दरबारको लत लाग्यो । उनीहरू कालो सिसाभित्रबाट सडकका खाल्डा देख्न छोडे । सडकको जाम देख्न छोडे । अनि उनीहरूको

अनि उसले अदालतमै ५,००० मृत सैनिकको नाम पढ्यो Read More »

हिटलरलाई नङ्ग्याउने फोटोग्राफरको कथा भन्ने सिनेमा

यो फिल्मको प्रमुख पात्रले एउटा दृश्यमा बालकसँग झुट बोल्छ।  उ फोटोग्राफर हो। उ आफूले फोटो खिच्न लागेको त्यो बालकको छेउमा जान्छ। उसको कमिजमा S’ लेखिएको निलो स्टिकर सियोले उनिदिँदै भन्छ ‘तिम्रो बुवालाई यहाँभन्दा राम्रो ठाउँमा लगेका छन्। त्यहाँ नर्सहरूले ख्याल गर्छन्। उहाँलाई केही हुँदैन।’  आफूले झुट बोलेको उसलाई थाहा छ। तर पनि उसले बालकलाई क्याम्पमा

हिटलरलाई नङ्ग्याउने फोटोग्राफरको कथा भन्ने सिनेमा Read More »